+
+
Shares

प्राधिकरणले ज्वार्चनलाई तोक्यो नेवानिको उत्तरदायी अधिकारी

निगमको उत्तरदायी अधिकारी कार्यकारी अध्यक्ष युवराज अधिकारी हुन् । तर, उनले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्राधिकरणले उत्तरदायी अधिकारीबाट बर्खास्त गरेको छ । उनको स्थानमा ज्वार्चनलाई उक्त अधिकार प्राधिकरणले दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उत्तरदायी अधिकारीमा वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ।
  • कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारी पूरा नगरेपछि प्राधिकरणले उनलाई उत्तरदायी अधिकारीबाट बर्खास्त गरेको छ।
  • प्राधिकरणले १५ वैशाख, २० असार र ४ साउनमा पत्राचार गर्दा बेवास्ता भएपछि आफैंले ज्वार्चनलाई अन्तरिम सहजीकरण स्वरूप जिम्मेवारी दिएको हो।

३ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) को उत्तरदायी अधिकारीका रूपमा निगम सञ्चालन विभाग प्रमुख वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ ।

निगमको उत्तरदायी अधिकारी कार्यकारी अध्यक्ष युवराज अधिकारी हुन् । तर, उनले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्राधिकरणले उत्तरदायी अधिकारीबाट बर्खास्त गरेको छ । उनको स्थानमा ज्वार्चनलाई उक्त अधिकार प्राधिकरणले दिएको हो ।

प्राधिकरणले १५ वैशाख, २० असार र ४ साउनमा पत्राचार गर्दै उत्तरदायी अधिकारी तोक्न भने पनि बेवास्ता गरिएको भन्दै अहिले आफैंले अधिकारी तोकिदिएको हो ।

प्राधिकरणले अन्तरिम सहजीकरण स्वरूप ज्वार्चनलाई उक्त जिम्मेवारी तोकिदिएको समेत जनाएको छ । नेवानिको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) को वैधता कायम राख्न उत्तरदायी अधिकारीको नियुक्तिलाई वैधानिकता दिन भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?