+
+
Shares

आन्दोलनबारे निर्णय लिन शिक्षक महासंघको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:२१

३ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको बैठकले आन्दोलनबारे निर्णय लिने छ । ‘बैठक आज र भोलि चल्ने छ । आज एजेन्डा प्रस्तुत भएको छ,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक र भदौ दोस्रो सातादेखि गर्ने भनिएको आन्दोलन बैठकको मुख्य एजेन्डा हो ।

सरकारसँग विगतमा भएको सहमति विधेयकमा समावेश नगरिएको आरोप महासंघको छ । ‘यसबारे बैठकले निर्णय गर्ने छ । ५ गते पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्छौं,’ पराजुलीले भनिन् ।

शिक्षकको बढुवा, सरुवा, विभागीय कारबाही, अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्व, ट्रेड युनियन, बालकक्षा शिक्षक, विद्यालय कर्मचारी तथा संस्थागत विद्यालयका शिक्षकको व्यवस्थापन, शिक्षक दरबन्दी मिलान सहमति अनुसार नभएको महासंघको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक समितिबाट ५ गते पारित गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?