+
+
Shares

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीको कार्यालयमा १६ भदौ बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको छ।
  • महासंघले काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेर ध्यानाकर्षण बुझाएको छ।
  • यसअघि महासंघले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि धर्ना दिएको थियो।

१६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् ।

काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् ।

बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा उनीहरूल् सो कार्यालयमा पुगेर धर्ना बस्ने र ध्यानाकर्षण बुझाउने काम गरेका हुन् ।

यसअघि महासंघले सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि पुगेर धर्ना दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?