
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन्।
- मोदीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटेर चीन भ्रमणको निमन्त्रण स्वीकारेको उल्लेख गरेका छन्।
- मोदीले तियानजीनमा हुने एससीओ सम्मेलनमा राष्ट्रपति सी जिनपिङसँग भेटको प्रतिक्षा गरिरहेको बताए।
३ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन् ।
भारतको दुईदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा आफूले चीन भ्रमणको निमन्त्रणा स्वीकारेको समेत उल्लेख गरेका छन् ।
रुसी तेल खरिद गरेर युद्ध अपराधलाई सघाएको आरोप लगाउँदै अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएर दबाव दिइरहेका बेला मोदीले चिनियाँ विदेशमन्त्रीसँग भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
चिनियाँ विदेशमन्त्रीसँगको भेटप्रति मोदीले खुशी व्यक्त गर्दै चाडैं राष्ट्रपति सी जिनपिङसँग भेटको प्रतिक्षा गरिरहेको बताए ।
विदेशमन्त्री वाङ यीले तियानजिनमा हुने शांघाई सहयोग संगठन (एससीओ)को निमन्त्रणा दिएका थिए ।
एससीओ सम्मेलन यही अगस्टको ३१ देखि १ सेप्टेम्बरसम्म उत्तरी चीनको तियाजिनमा हुँदछ । एससीओमा भारत, चीन, रसिया, पाकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, बेलारुस सदस्य छन् ।
सम्मेलनमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्थिरता, आतंकवाद, सीमा सुरक्षा, आर्थिक तथा व्यापारिक सहयोग, क्षेत्रीय आर्थिक एकीकरण जस्ता विषयमा छलफल हुने गर्छ ।
सोही सम्मेलनको निमन्त्रणा स्वीकार गर्दै मोदीले राष्ट्रपति सी सँग तियाजिनमा हुने सम्मेलनका क्रममा हुने भेटको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् ।
कजानमा ब्रिक्स सम्मेलनका दाैरान चिनियाँ राष्ट्रपति सी सँग भेटेपछि भारत–चीन सम्बन्ध आपसी हित र संवेदनशील मुद्दालाई सम्मान गर्दै अघि बढेको बताए ।
साथै उनले भारत र चीनबीच मजबुत र विश्वासिलो सम्बन्धले क्षेत्रीय मात्र नभइ पूरै विश्वमा शान्ति र विकासले बढावा पाउने बताए ।
Glad to meet Foreign Minister Wang Yi. Since my meeting with President Xi in Kazan last year, India-China relations have made steady progress guided by respect for each other’s interests and sensitivities. I look forward to our next meeting in Tianjin on the sidelines of the SCO… pic.twitter.com/FyQI6GqYKC
— Narendra Modi (@narendramodi) August 19, 2025
प्रतिक्रिया 4