
News Summary
Generated by OK AI. Editorially reviewed.- नाडा अटो शो २०२५ मा विभिन्न कम्पनीहरूले नयाँ–नयाँ कारहरू आकर्षक मूल्यमा सार्वजनिक गरेका छन्।
- डोङफेङको नामी ०६ कार ४१ लाख ९९ हजारमा सार्वजनिक भई बुकिङमा १ लाख रुपैयाँ छुट दिइएको छ।
- सिजी मोटर्सले लक्जरी एक्सपेङ एक्स–९ कार २ करोड २० लाख रुपैयाँमा सार्वजनिक गरेको छ।
३ भदौ, काठमाडौं । ‘नाडा अटो शो २०२५’ मा आकर्षक अफर सहित ब्रान्ड न्यु कारहरू लन्च भएका छन् । अटो शोको आकर्षणका रूपमा प्रदर्शनीमा राखिएको उड्ने कारमा दर्शक झुम्मिएका थिए । तर, कम्पनीहरूले यही मौकामा नयाँ–नयाँ कार सार्वजनिक गरे । कम्पनीहरूले अटो शो लक्षित गरी आकर्षक मूल्य तोकेका छन् ।
डोङफेङ नामीले नामी भिगो कार (नामी ०६) सार्वजनिक गर्यो । यो कारको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाडा अटो शोमै हुने बुकिङमा भने १ लाख रुपैयाँ कम मूल्यमा पाउँछन् । यो गाडीको रेन्ज ३ सय ५० किलोमिटर रहने समेत कम्पनीको दाबी छ ।
अटो शोकै दौरान सुजुकीको ई–भिटारा गाडी सार्वजनिक गरिएको छ । सीजी होल्डिङ्सले यसलाई नेपाल भित्र्याउँदै छ । जापानी ब्रान्डको ईभी गाडी ई–भिटारा अटो शोमा अहिले प्रदर्शनीका लागि सार्वजनिक गरिएको हो । अधिकतम ५ सय किलोमिटर रेन्जमा यो गाडी बजारमा सार्वजनिक गर्ने तयारी कम्पनीको छ ।
आजै जेवाई एयर र जिली ई–एक्स कारसमेत सार्वजनिक गरिए । चिनियाँ ब्रान्डका यी कार एलआरआर मोटर्सले नेपाल ल्याएको हो । नेपालमा दुई भेरिएन्टका यी कारको बुकिङ गर्दा छुट सुविधा ल्याइएको कम्पनीले जनाएको छ । जिली ई–एक्स ५ बुकिङमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
जेवाई एयरको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ । ई–एक्स प्रो कारको रेन्ज ४ सय ३० किलोमिटर तोकिएको छ । ई–एक्स म्याक्सको रेन्ज भने ४ सय २५ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
सिप्रदी ट्रेडिङले आज टाटा सफारी कारहरू सार्वजनिक गरेको छ । विभिन्न तीन भेरिएन्टमा यी कार आज अटो शोकै दौरान सार्वजनिक गरिएको हो ।
आजै सिजी मोटर्सले एक्सपेङ एक्स–९ कारसमेत सार्वजनिक गरेको छ । लक्जरी कारको भेरिएन्टमा पर्ने यो कारको सुरुवाती मूल्य २ करोड २० लाख तोकिएको छ । यो कारको रेन्ज ४ सय ८० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
आजै बीवाईडीले एटो–टु कार सार्वजनिक गरेको छ । नेपाली बजारमा एटो–वान कार यसअघि नै उपलब्ध भइसकेको छ । ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको यो कार बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सार्वजनिक गरेको हो । यो कारले ३ सय ४५ किलोमिटर रेन्ज प्रदान गर्ने समेत कम्पनीको भनाइ छ ।
सस्तो कारको रेन्जमा यस पटक लुमिन ईभी सार्वजनिक भएको छ । ३ सय १ किलोमिटर रेन्ज दाबी गरिएको यो कारको मूल्य २२ लाख ९९ हजार राखिएको छ । एमएडब्लूले सार्वजनिक गरेको लुमिन मिनीकार मन पराउनेबीच लोकप्रिय हुने अनुमान छ । खासगरी व्यस्त सहरी इलाकाका लागि राम्रो रेन्ज र कम मूल्यमा यो कारले ग्राहकको मन जित्न सक्ने छ ।
सस्तो कारको सेग्मेन्टमा जेनपेङ ब्रान्डका कारहरू समेत सार्वजनिक भएका छन् । ठाकुर मोटर्सले १८ लाख ९९ हजारमा यी कार सार्वजनिक गरेको हो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4