+
+
Shares

नाडा अटो शोमा यामाहाको नयाँ भेरिएन्ट सार्वजनिक

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु प्रदर्शनीमा यामाहा स्टलमा एमटी–१५ भी–२ का दुई नयाँ भेरियन्ट ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ सार्वजनिक गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते २०:३७

३ भदौ, काठमाडौं । यामाहा नेपालले ‘नाडा अटो शो २०२५’ मा आफ्ना प्रमुख मोटरसाइकल मोडेलका नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु प्रदर्शनीमा यामाहा स्टलमा एमटी–१५ भी–२ का दुई नयाँ भेरियन्ट ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ सार्वजनिक गरिएको हो ।

यी नयाँ भेरिएन्टहरू पहिले नै चर्चित स्ट्रीटफाइटर मोडेलमा थप आकर्षक र स्टाइलिस छ ।

यससँगै यामाहाले आफ्नो लोकप्रिय एफजेड–एस भी३ डिलक्स मोडेललाई समेत नयाँ रङ ‘आइस फ्लुओ–भर्मिलियन’ मा सार्वजनिक गरेको छ । यो भेरिएन्टले प्रसिद्ध एफजेड सिरिजलाई अझ बोल्ड र आधुनिक बनाएको यामाहाको दाबी छ ।

उद्घाटन समारोहमा एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी उपस्थित थिए ।

अग्रवालले नयाँ भेरिएन्टबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एमटी–१५ भी२ र एफजेड–एस भी३ डिलक्सका यी नयाँ विकल्पले यामाहाको शैली, प्रदर्शन र स्वतन्त्रताको भावना अझ मजबुत बनाएका छन् ।’

यामाहा ब्लु च्याम्बरमा आउने आगन्तुकले नयाँ भेरिएन्ट प्रत्यक्ष अवलोकन गर्नुका साथै सम्पूर्ण यामाहा मोटरसाइकल र स्कुटर सिरिज पनि अन्वेषण गर्न सक्नेछन् ।

साथै, नाडा अटो शो अफर अन्तर्गत छानिएका मोडेलमा अधिकतम ७ हजारसम्म छुट, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने अवसर, एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने व्यवस्था गरिएको छ ।

नाडा अटो शो ३ देखि ८ भदौसम्म सञ्चालन हुनेछ । यस अवधिमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ (आइस स्टर्म र भिभिड भायोलेट मेटालिक) तथा एफजेड–एस भी३ डिलक्स (आइस फ्लुओ–भर्मिलियन) प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?