
News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ, जसमा १७ जना बालबालिका रहेका छन्।
- दुर्घटनामा बसमा सवार सबैको मृत्यु भएको र ठोक्किएका दुई सवारीमा रहेका दुई जनाले पनि ज्यान गुमाएका छन्।
- इरानले गृहयुद्धका कारण भागेर त्यहाँ पुगेका अफगानी नागरिकलाई स्वदेश फिर्ता पठाउनेक्रम तीव्र बनाएको छ।
४ भदौ, काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।
बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् । घटना मंगलबार बेलुकीको हो । प्रारम्भिक अनुसन्धानमा तीव्र गति र चालकको लापरबाहीले बस दुर्घटना भएको देखिएको अफगानी अधिकारीहरूको भनाइ छ ।
हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ ।
सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए ।
सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुन:सत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो ।
प्रतिक्रिया 4