+
+
Shares

अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने रूसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १०:३५
Photo Credit : Getty Images
अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी

२० असार, काठमाडौ । रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ।

बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्।

बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो।

मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारीको नयाँ अध्याय’ भएको बताए। साथै, उनले यो परिवर्तन अरू मुलुकहरूका लागि ‘उदाहरणीय बन्ने’ दाबी पनि गरे।

सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएपछि मानव अधिकार उल्लङ्घनको बढ्दो आरोपहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ।

रूसको यो निर्णय त्यसै प्रयासको पहिलो सफलता बन्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?