+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
2/1 (1.1)
Shares

चीनले अन्तरिक्षमा छायांकन गर्‍यो फिल्म, ८-के रिजोलुसनमा खिचियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको पहिलो अन्तरिक्षमा छायांकन गरिएको लाइभ एक्सन फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ।
  • यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ र ८के अल्ट्रा-हाई-डेफिनिसन क्यामेरा प्रयोग गरिएको छ।
  • फिल्ममा शेन्झाउ–१३ मिसनका ६ अन्तरिक्ष यात्रीले तियाङगोङ अन्तरिक्ष स्टेशन भित्रका दृश्यहरू छायांकन गरेका छन्।

काठमाडौं । अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस )

यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ ।

६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ६ अन्तरिक्ष यात्री झाई झिगाङ, वाङ यापिङ र ये गुआङफुले अन्तरिक्षको भाग छायांकन गरेका हुन् ।

उनीहरूले चीनको तियाङगोङ अन्तरिक्ष स्टेशन भित्रका मुख्य दृश्यहरू कैद गरेका छन् । झु यिरानद्वारा निर्देशित यो फिल्मले दर्शकलाई चिनियाँ अन्तरिक्ष सौन्दर्यशास्त्रले भरिएको असाधारण यात्राको कथा भन्छ ।