+
+
Shares

संसद्‌मा आज पनि उठ्यो गणपूरक संख्याको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:५४

४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा आज पनि गणपूरक संख्याको प्रश्न उठेको छ ।

सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्न लाग्दा गणपूरक संख्याको प्रश्न उठेको हो ।

माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले यस्तो प्रश्न गरेकी हुन् । त्यसपछि घण्टी बजाएर गणपूरक संख्या यकिन गरिएको छ ।

३ मिनेट घण्टी बजाएर गन्दा सभामा ८० जना रहेको थाहा लाग्यो । त्यसपछि बैठक अगाडि बढ्यो ।

प्रतिनिधि सभाको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । यसअघि पनि प्रतिनिधि सभामा पटक–पटक गणपूरक संख्याको प्रश्न उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?