+
+
Shares

पत्रकार महासंघ मधेश प्रदेश र बार एसोसिएशन जनकपुरबीच सहमति

महासंघले एक कठा १ धुर पार्किंङको लागि बारलाई लिजमा दिने

महासंघले गुठी संस्थानबाट लिजमा प्राप्त गरेको ४ कठा जग्गाबाट एक कठा १ धुर पार्किंङको लागि बार एसोसिएसनलाई लिजमा दिने र बाँकी ३ कठ्ठा जग्गामा महासंघले आफ्नो बहुउद्देश्यीय कार्यका लागि उपयोग गर्ने सहमति भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल बार एसोसिएसन जनकपुरबीच गुठीको जग्गा विवाद सहमतिमा टुंगिएको छ।
  • महासंघले लिजमा पाएको ४ कठा जग्गाबाट १ कठा पार्किङका लागि बार एसोसिएसनलाई दिने सहमति भएको छ।
  • दुवै पक्षले दुई दिनभित्र सबै कानुनी कारबाही फिर्ता लिने र सामाजिक सञ्जालमा आलोचना नगर्ने सम्झौता गरेका छन्।

४ भदौ, जनकपुरधाम। गुठीको जग्गालाई लिएर जनकपुरमा उत्पन्न नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल बार एसोसिएसन जनकपुरको विवाद सहमतिमै टुंगिएको छ। नेपाल बार एसोसिएसन र नेपाल पत्रकार महासंघद्वारा गठित उच्चस्तरीय वार्ता समितिले वार्ता तथा संवादबाट विवाद निरुपण गरिएको हो ।

महासंघले गुठी संस्थानबाट लिजमा प्राप्त गरेको ४ कठा जग्गाबाट एक कठा १ धुर पार्किंङको लागि बार एसोसिएसनलाई लिजमा दिने र बाँकी ३ कठ्ठा जग्गामा महासंघले आफ्नो बहुउद्देश्यीय कार्यका लागि उपयोग गर्ने सहमति भएको छ।

साथै विवादको समयमा भएको घटनाहरुप्रति दुवै पक्षहरु दुखः व्यक्त गर्दै उक्त घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। दुवै पक्षबीच दुई दिनभित्र एकअर्का विरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा कानून बमोजिम निस्क्रिय बनाउने समझदारी र एकअर्का प्रति सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट नगर्ने सहमति भएको छ ।

भविष्यमा पेशागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मिलापत्रमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्।

मंगलबार नेपाल बार एसोसिएसनका तर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ताहरु चन्द्र कुमार शर्मा मैनाली र श्याम कुमार मिश्र सदस्य वार्तामा बसेका थिए। पत्रकार महासंघका तर्फबाट केन्द्रीय लेखा समिति संयोजक केसी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेश कर्ण र राजु विश्वकर्मा वार्तामा बसेका थिए।

महासंघले हरेक विधि प्रक्रिया पुर्‍याएर प्राप्त गरेको चार कठ्ठा जग्गामा बार एसोसिएसनले पार्किंको लागि कब्जा गर्न खोज्दा साउन २७ गते महासंघले संरक्षण गर्न बार लगाउने क्रममा विवाद भएको थियो। त्यस क्रममा वकिलहरुको आक्रमणमा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरु दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?