+
+
Shares

प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ७:३०

५ भदौ, विराटनगर । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

घटना गएराति ८:२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो ।

प्रहरीले ट्रक रोकेपछि तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनामा गम्भिर घाइते भएका चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता हुन् ।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?