+
+
Shares

जनै हराएको मान्छे : प्रिमियरमा भक्कानिए कलाकार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को प्रिमियर नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा बुधबार आयोजना भएको थियो।
  • प्रिमियरमा कलाकार सुनिल थापा, जितु नेपाल, विप्लव प्रतीक, कमलमणी नेपाल लगायत उपस्थित थिए।
  • निर्देशक हिमाल न्यौपानेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ र यसमा केकी अधिकारी, विजय बराल, मिरुना मगर लगायतको अभिनय छ।

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा दर्शकको मन जितेको छ । बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेका दर्शक भावुक देखिए ।

कलाकार सुनिल थापा, जितु नेपाल, विप्लव प्रतीक, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, प्रदीप भारद्धाज लगायत उपस्थित थिए ।

फिल्म हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आँखामा आँसु थाम्न सकेनन् । कलाकार केकी अधिकारी, अञ्जु पन्तलगायतका आँखा रसाइरहेका थिए ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको हिमाल न्यौपाने निर्देशित फिल्ममा केकी र विजय बरालसँगै मिरुना मगर, सशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी, रुपेश लामा, सुमन थापाको अभिनय छ ।

सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि बराल यो फिल्ममार्फत पर्दामा फर्किन लागेका हुन् । पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?