
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको शुक्रबारदेखि प्रदर्शन तयारीमा अग्रिम टिकट बिक्री सुरु भएको छ।
- माग्ने राजा देशव्यापी १४४ शो पाएको छ भने जनै हराएको मान्छेले ११० शो पाएको छ।
- ताराहरूले सबैभन्दा न्यून ३० शो पाएको छ र चलचित्र विकास बोर्डअनुसार मुलुकभर १६५ हल छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका फिल्म माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको अग्रिम टिकट विक्री सुरु भएको छ ।
हलले हाइप, स्टारकास्टअनुसार फिल्मलाई शो वितरण गरेका छन् । सबैभन्दा धेरै केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले देशब्यापी १४४ शो पाएको छ ।
विजय बराल, केकी अधिकारी मिरुना मगर स्टारर ‘जनै हराएको मान्छे’ले कूल ११० शो पाएको छ । आशान्त शर्मा अभिनित ‘ताराहरू’ले सबैभन्दा न्यून ३० शो मात्र पाएको छ ।
आशान्तको उक्त फिल्मलाई ठूला मल्टिप्लेक्सले १/१ शो दिएका छन् । पल शाह स्टारर ‘मोहर’ले शुक्रबारको लागि ५२ शो पाएको छ ।
चलचित्र विकास बोर्डअनुसार अहिले मुलुकभर १६५ हल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4