
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर जनैपूर्णिमाको अवसरमा शनिबार सार्वजनिक भएको छ।
- ट्रेलरमा मुख्य पात्रले आर्थिक अभाव र सपनाको लागि गरेको संघर्ष, कोरिया जान खोज्दा ठगिएको कथा समेटिएको छ।
- फिल्ममा विजय बराल शीर्ष भूमिकामा छन् र हिमाल न्यौपानेले निर्देशन गरेका छन्।
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन गरियो ।
ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्षको कथा चित्रण छ । पैसा कमाउने सपनासहित दक्षिण कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिबन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।
शीर्ष पात्रको भूमिकामा विजय बराल फिचर्ड छन् । कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने पात्र (मिरुना मगर) र उनीसँगको प्रेम, दिदी (केकी अधिकारी)लाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ ।
पारिवारिक कथामा बनेको निम्न मध्यमवर्गीय नेपालीको कथामा फिल्म आधारित रहेको बुझ्न सकिन्छ । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
सशांक मैनाली, गौरव पहारी, भोलाराज सापकोटा, रिअर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको पनि अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल यो फिल्ममार्फत शीर्ष भूमिकामा आउन लागेका हुन् ।
प्रतिक्रिया 4