
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
- अभिनेता विजय बरालले बुवाको मुख हेर्ने दिनको अवसरमा बुवा हुनेहरूलाई फिल्म हलमा लगेर हेर्न आग्रह गरे।
- अभिनेत्री मिरुना मगरले फिल्मले समाजको अन्तरमुखीपन देखाएको र दर्शकले मनको कुरा बोलेको बताए।
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बरालको यो महत्वाकाङ्क्षी प्रोजेक्ट हो ।
रिलिजको पहिलो दिन कलाकार बराल र मिरुना मगर फिल्म प्रवर्धनलाई हल भिजिटमा ब्यस्त रहे । अभिनेता बरालले त शनिबार परेको बुवाको मुख हेर्ने दिनको अवसरमा बुवा हुनेहरूलाई हलमा लगेर फिल्म हेराउन आग्रह गरे ।
‘हाम्रो फिल्मले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा भन्छ । त्यसैले यदि, कोही छोराछोरीले आफ्ना बावुआमालाई हलमा लगेर देखाउँछ भने त्यही नै बुवाको मुख हेर्ने दिनको सच्चा उपहार हुनेछ’ विजयले भने ।
अभिनेत्री केकी अधिकारीले छोरीले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि गर्न नसक्ने अवस्थामा रहने कथा फिल्मले देखाएकाले छोरीहरूले बुवाको मुख हेर्ने दिन यो फिल्म बुवालाई देखाउनुपर्ने बताउँछिन् ।
अभिनेत्री मगरले दर्शकको अनुभव साझा गर्दै भनिन्, ‘हाम्रो समाज अन्तरमुखी छ । धेरै कुरा मनमा राख्छौं तर अभिव्यक्त गर्न सक्दैनौं । दर्शकले यो फिल्मले आफ्नो मनको कुरा बोलेको भन्दै धन्यवाद दिएका छन् ।”
क्यूएफएक्सको लाबिम हल, सिटी स्क्वायर, सिभिल मल र चावहिलको एफक्युब हलमा पुगेर विजय, केकी, मिरुना, गौरव पहारी, भोलाराज सापकोटा लगायतले दर्शकलाई भेटेका थिए ।
प्रतिक्रिया 4