
News Summary
Generated by OK AI. Editorially reviewed.- केदार घिमिरे स्टारर सोसल-कमेडी 'माग्ने राजा' शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएको छ।
- विजय बराल स्टारर 'जनै हराएको मान्छे'ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।
- आशान्त शर्माको 'ताराहरू'को देशब्यापी ओपनिङ न्यून रहेको छ र ठूला मल्टिप्लेक्सले न्यून शो दिएका छन्।
काठमाडौँ । केदार घिमिरे स्टारर ‘माग्ने राजा’, विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ र आशान्त शर्मा स्टारर ‘ताराहरू’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् ।
सोसल-कमेडी ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । केदारसहित वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्ममा निर्देशक कमेडीमार्फत सामाजिक मुद्दाहरूमा आक्रोश पोखेका छन् ।
शुक्रबार बिहान र मध्यान्हमा यो फिल्मको देशब्यापी अकुपेन्सी २० देखि ३० प्रतिशत हाराहारीमा थियो । अपरान्ह, बेलुका र रात्री शोजमा अकुपेन्सी अनुपातमा वृद्धि हुने देखिन्छ ।
१४९ मिनेट रनटाइमको यो फिल्म केदारको पहिलो लिड फिल्म हो । ऋणको बोझले थिचिएको मुख्य पात्रले आफ्नो सपना पुरा गर्न गर्ने संघर्ष र यथार्थको कथावस्तुमा फिल्म बनेको छ ।
विजयसहित मिरुना मगर र केकी अधिकारीको शीर्ष भूमिका रहेको ‘जनै हराएको मान्छे’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यो फिल्मको विहानी र मध्यान्हको देशब्यापी अकुपेन्सी १० देखि २० प्रतिशत हाराहारीमा देखिन्छ ।
बेलुकी र रात्रीकालिन शोको अकुपेन्सीमा वृद्धि हुने देखिन्छ । यसको रनटाइम १४३ मिनेट छ ।
आशान्त शर्माको ‘ताराहरू’को देशब्यापी ओपनिङ निकै न्यून छ । कूल ३० हाराहारीका शोसहित रिलिज भएको यो फिल्मलाई ठूला मल्टिप्लेक्सले न्यून शो दिएका छन् ।
आशान्तसहित मेनुका प्रधान, मीरा खड्का, कुन्दन शाक्यको अभिनय रहेको यो फिल्मको रनटाइम १४९ मिनेट छ ।
प्रतिक्रिया 4