+
टप एन्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिज : अन्तिम लिग खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग खेल्दै

२०८२ भदौ  ६ गते ७:१२ २०८२ भदौ ६ गते ७:१२
टप एन्ड टी-२० सिरिज : अन्तिम लिग खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्ससँग खेल्दैछ।
  • नेपालले ५ खेलमा २ जित र ३ हारसहित सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ।
  • नेपाल सेमिफाइनलमा स्थान बनाउनका लागि पाकिस्तानलाई जित्नुपर्नेछ र अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।

६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो ।

पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।

नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । पाकिस्तानले सेमिफाइनल खेल्ने प्रवल सम्भावना रहँदा नेपाललाई भने जित आवश्यक रहनेछ र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय