+
+
Shares

नाडा अटो शो : साइमेक्स इंकले लन्च गर्‍यो ‘बीवाईडी एटो २’

कम्पनीका अनुसार एटो २ कम्प्याक्ट भए पनि ठूलो कारको अनुभव दिने गरी तयार पारिएको छ । ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा बजारमा आएको छ । एसयूभीसँगै ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:११

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रूपमा ‘अल–न्यु बीवाईडी एटो २’ सार्वजनिक गरेको छ ।

नेपालमा सबैको पहुँचयोग्य अर्थात् सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा रहेको यो ईभीलाई ‘नाडा अटो शो २०२५’ मा भव्य समारोहबीच सार्वजनिक गरिएको हो ।

उक्त अनावरण समारोह प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

बीवाईडी एट्टो २ लाई युवा व्यवसायी तथा परिवारको जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको छ । यो मोडेलमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि र प्रिमियम कम्फर्ट फिचर समावेश छन् ।

कम्पनीका अनुसार एटो २ कम्प्याक्ट भए पनि ठूलो कारको अनुभव दिने गरी तयार पारिएको छ । ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा बजारमा आएको छ । एसयूभीसँगै ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश गरिएको छ ।

लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम, उचाइ १६७५ एमएम र २६२० एमएम ह्विलबेस भएको एट्टो २ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसले सहर तथा ग्रामीण सडक दुवैका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ । ५१.१३ किलोवाटको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ३ सय ४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिने क्षमता राख्छ । १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १ सय किलोमिटर प्रतिघण्टा गति ९ सेकेन्डमै लिन सक्छ ।

सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधाले क्याबिनलाई स्मार्ट र प्रिमियम बनाएका छन् । वायरलेस चार्जिङ, भ्वाइस एसिस्टेन्ट र ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छन् ।

एटो २ मा लेभल–२ एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम उपलब्ध छ । जसअन्तर्गत अटो इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम एसिस्ट लगायत फिचर छन् । त्यस्तै ६ एयरब्याग, ईएससी, टीसीएस, एचडीसी र ३६० डिग्री भ्यु मनिटर समेत राखिएको छ ।

एट्टो २ बुकिङ गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो–प्लस इन्स्योरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र १० वर्षसम्म निःशुल्क बीवाईडी एप कनेक्सन पाउनेछन् ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले एटो २ नेपाली ग्राहकका लागि ईभी सेग्मेन्टमा महत्त्वपूर्ण मोडेल हुने बताए । ‘एटो २ सबै नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयूभी अझै पहुँचयोग्य बनाउने एक माइलस्टोनको प्रतिनिधित्व गर्छ, यसमा भएको व्यावहारिकता, सुरक्षा र अत्याधुनिक प्रविधिका कारण ग्राहकले इन्ट्री–लेभल एसयूभीबाट गर्ने अपेक्षा पूरा गर्ने कुरामा हामी विश्वस्त छौ,’ उनले भने ।

प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यसले नेपालमा ईभी रूपान्तरणलाई अझ गति दिने बताइन् ।

एटो २ ब्रिज ग्रिन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइट गरी चार रङमा उपलब्ध छ । देशभरिका बीवाईडी शोरुममा यसको बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?