+

ब्राजिलियन खेलाडी आना फ्लाभिया कर्णाली यशभिसमा अनुबन्धित

२०८२ भदौ  ५ गते १३:३६ २०८२ भदौ ५ गते १३:३६
ब्राजिलियन खेलाडी आना फ्लाभिया कर्णाली यशभिसमा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली यशभिसले एभरेस्ट महिला भलिबल लिग दोस्रो सिजनका लागि ब्राजिलियन सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको छ।
  • एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ।
  • कर्णाली यशभिसले प्रशिक्षकमा कुमार राई तथा मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ।

५ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।

यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यशभिसले जनाएको छ ।

सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

कर्णाली यशभिस पहिलो संस्करणको विजेता पनि हो । दोस्रो संस्करण पनि आफ्नो पोल्टामा पार्नका लागि विदेशी खेलाडी समेत आफ्नो टिममा समावेश गरेको छ ।

आना फ्लाभिया कर्णाली यसभिएस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय