+
+
Shares

‘यदि तपाईंमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका इन्दिरा जोशीले काम गर्दा तनाव हुँदा पशुपति मन्दिर पुग्ने र त्यहाँबाट तनावमुक्त हुने बताएकी छिन्।
  • उनी भन्छिन्, 'यदि तपाईमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस, जस्तोसुकै तनावमुक्त हुनुहुन्छ।'
  • उनले आम्दानीको केही प्रतिशत गुप्त दान गर्नुपर्ने र त्यो दान भगवानले मात्र देख्नुपर्ने बताएकी छिन्।

काठमाडौं । गायिका इन्दिरा जोशीले जिन्दगीको यात्रामा काम गर्दै जाँदा तनाव हुँदा पशुपति मन्दिर पुग्ने गरेको र आफू तनावमुक्त हुने गरेको बताएकी छिन् ।

बुधबार पशुपति क्षेत्रमा जारी विराट ज्ञान महायज्ञमा पुगेर उनले जिन्दगी र तनावको सन्दर्भमा आफ्नो भोगाई र बुझाइबारे कुरा गरिन् ।

‘यदि तपाईमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस । यो काम निरन्तर १५ दिनसम्म गर्नूस । जस्तोसुकै तनावमुक्त हुनुहुन्छ’ गायिका जोशीले भनिन्, ‘यो ठाउँले आनन्दित बनाउँछ । जिन्दगीबारे बुझाउँछ ।’

आफूले दुःख र सुखमा भगवानलाई सम्झिने र पशुपतिनाथसम्म पुग्ने गरेको बताइन् । भन्छिन्, ‘म समय समयमा पशुपतिनाथ मन्दिर आइरहेकी हुन्छु । कहिले काम नबन्दा, कहिले काम बन्दा होस् हरेक समय भगवानलाई सम्झिएकै हुन्छु ।’

उनले धर्तीमा जन्म लिइसकेपछि धर्तीले हामीलाई दिएको कुरा फिर्ता गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताइन् । व्यक्तिले आम्दानी गरेको केही प्रतिशत गुप्त दान गर्नुपर्ने उनी बताउँछिन् ।

भन्छिन्, ‘जति कमाउनुहुन्छ, त्यसको केही प्रतिशत गुप्त दान गर्नुपर्छ । कसैले देख्नुहुन्न फोटो पनि खिच्नुहुन्न । मात्र भगवानले देखोस् । मसँग भएको मेरो होइन् त्यो भगवानको हो भनेर एकदिन त्यो सबै छाडेर जानैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?