
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका २९ वर्षीय शिवराज दराईलाई काठमाडौंमा अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ।
- शिवराज दराईले पेस्तोल डोल्पाको लेकमा यार्सागुम्बा टिप्न जाँदा भेट्टाएको दाबी गरेका छन्।
- उनको कोठाबाट पेस्तोल, दुई म्यागजिन र ७ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
५ भदौ, काठमाडौं । अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका युवकले उक्त पेस्तोल डोल्पाको लेकमा भेट्टाएको बताएका छन् ।
पेस्तोलसहित पक्राउ परेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका २९ वर्षीय शिवराज दराईले पेस्तोल यार्सागुम्बा टिप्न जाँदा भेट्टाएको दाबी गरेका हुन् ।
उनको कोठाबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, ७ राउण्ड गोली बरामद गरेको थियो । ती युवकले यो पेस्ताल कहाँबाट ल्याए भन्ने अनुसन्धान अघि बढाएको प्रहरी समक्ष युवकले यस्तो बयान दिएका हुन् ।
उनको भनाइअनुसार अनुसन्धान गर्दा उनी डोल्पा गएको सम्म पुष्टि भएको एक प्रहरी अधिकृत बताउँछन् । ‘डोल्पा गएकोसम्म पुष्टि भएको छ । पेस्तोल उत्तै भेटेका हुन्/होइनन् यकिन हुन बाँकी नै छ’ एक अनुसन्धान अधिृकतले भने ।
यार्सागुम्बा टिप्न जानेहरुले यार्सा लुटपाट हुनसक्ने भन्दै हतियार समेत लिएर जाने चलन समेत छ । जसकारण ती युवकले भनेजस्तै उत्तै भेट्टाएको हुनसक्ने आशंका पनि प्रहरीको छ ।
काठमाडौं चमती बस्दै आएका उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध यसअघि १८ असोज २०७८ मा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र र १९ कात्तिक २०८० मा लागुऔषधको कसुरको मुद्दा चलेको पाइएको छ ।
प्रतिक्रिया 4