+
+
Shares

मधेशमा विद्युत् प्रभावकारी वितरण गर्न ऊर्जामन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १९:१०

५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युत्को प्रभावकारी वितरणका लागि निर्देशन दिएका छन् ।

बिहीबार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत् आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुगेका मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिए ।

उनले मधेश प्रदेशमा विद्युत् चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको पनि बताए ।

‘मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका छौँ । सिञ्चित गर्न कसरी विद्युत प्रवाह गर्ने, आवश्यक पर्ने विद्युत् कसरी पुर्‍याउने भन्ने विषयमा निर्देशन दिइएको छ । चोरी अलि बढी छ विद्युत्को मधेश प्रदेशमा त्यसलाई नियन्त्रण गर्ने र सुरक्षित विद्युत् पुर्‍याउने हो,’ मन्त्री खड्काले भने ।

पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरू मर्मत गर्न पनि निर्देशन दिए । सहज र सुरक्षित ढंगले विद्युत् आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत् प्रशारण गर्न आग्रह गरे ।

‘ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरू पुराना भइसकेका छन्, त्यसको भार थाम्नलाई गाह्रो भइरहेको छ । त्यसको व्यवस्थापन राम्रो ढंगले गर्न निर्देशन भएको छ । सहज र सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत् प्रशारण गर्ने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?