
बेलाबेलामा औषधि छर्किएर लामखुट्टे मार्ने काम हुँदै आए पनि डेंगु नियन्त्रण चुनौतिको विषय बन्दै आएको छ ।
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ ।
बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।
यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4