
६ भदौ, काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।
यसैगरी महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।
दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।
असोज ५ गतेपछि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिन्छ ।
हेर्नुहोस् भर्ना आह्वानको सूचना–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4