
६ भदौ, काठमाडौं । कोलम्बियाको शहर कालीमा भएको कार बम विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार यो आक्रमण मार्को फिदेल सुवारेज मिलिटरी एभिएशन स्कूललाई लक्षित गरेर गरिएको थियो।
बीबीसीका अनुसार, विस्फोटका कारण वरपरका धेरै भवनहरूमा समेत क्षति पुगेको छ।
कालीका मेयर आलेखान्द्रो एडरले आक्रमणको निन्दा गर्दै घटनाको दोषी बारे जानकारी दिने व्यक्तिलाई ४० करोड डलरको पुरस्कार दिने घोषणा गरेका छन्।
सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालय खाली गर्न आदेश दिएका छन् र शहरमा ठूला ट्रकको प्रवेशमा प्रतिबन्ध लगाएका छन्।
यसअघि बिहीबार उत्तर–पश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमाथि भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4