
६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खुलेको असन्तुष्टि जनाएका छन् ।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अर्को वर्ष आउने जन्मदिन मनाउन छुट्टै पार्टी कार्यालय खोलिएको टिप्पणी गरेका हुन् ।
‘अर्को वर्ष आउने, असार १४ गतेको जन्मदिन मनाउनलाई अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीका विरुद्ध क्रियाशील हुने, भित्रभित्र क्रियाशील हुने र असन्तुष्ट रहेका त्यस्ता तत्वहरुलाई भेला गरेर जन्मदिन मनाउने भन्नुपर्छ ?,’ ओलीले भनेका छन् ।
अर्को पार्टी कार्यालय खोल्ने तरिका ठीक नभएको पनि ओलीले बताए । बिहीबार पूर्वराष्ट्रपति भण्डारीले फाउण्डेसनको कार्यालय उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4