+
+
Shares

छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई मदन पुरस्कार, प्रेमदेव गिरीलाई जगदम्बा श्री

आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८१ सालको मदन पुरस्कार उपन्यास उरमाललाई दिइने निर्णय मदन पुरस्कार गुठीको बैठकले गरेको छ।
  • जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय पनि सोही बैठकले गरेको छ।

६ भदौ, काठमाडौं। २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी २०८१ सालको जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ ।

विगत पाँच दशकदेखि  लोक संस्कृति क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

हेर्नुहोस् मदन पुरस्कार गुठीको विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?