
News Summary
Generated by OK AI. Editorially reviewed.- कुशेऔँशी भाद्र कृष्ण औँशीमा मनाइने परम्परा हो, जसमा कुश वनस्पति घरमा भित्र्याइन्छ र पितृकर्ममा प्रयोग गरिन्छ।
- वेद, महाभारत र मनुस्मृतिमा कुशलाई पवित्र वनस्पति र धर्मको मूर्तरूप मानिएको छ।
- कुशेऔँशीले पितृ स्मरण, परिवार एकता र सामाजिक मूल्य पुनर्जीवित गर्ने सांस्कृतिक महत्त्व राख्दछ।
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
सनातन संस्कृति परम्परामा भाद्र कृष्ण औँशी अर्थात् कुशेऔँशीकै दिन घर घरमा कुश भित्र्याइन्छ, जुन विशेष परम्परा, पहिचान, धार्मिक, सामाजिक, वैज्ञानिक र आयुर्वेदिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देव कार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ । हरेक वर्ष मनाइने यो पर्व केवल धार्मिक रीतिरिवाजमा मात्र सीमित नभई हाम्रो परम्परा र पहिचानसँग गहिरो सम्बन्ध राख्दछ ।
वेद तथा धार्मिक ग्रन्थमा कुश ले राम्रो स्थान पाएको देखिन्छस् ऋग्वेदमा कुशलाई पवित्र आसन र यज्ञीय वनस्पति भनेर उल्लेख गरिएको छ। मनुस्मृतिमा “दर्भं समिद्धं हविषा विधेम” अर्थात् दर्भ ९कुश०लाई यज्ञमा प्रयोग गर्दा देवता प्रसन्न हुन्छन् भनिएको छ । महाभारतमा “कुशासने स्थितो यः स्यात् सदा स्यात् पुण्यवत्तरः” कुशको आसनमा बस्ने व्यक्ति पवित्र हुन्छन् र पुण्य लाभ पाउँछन् भनिएको छ । गरुड पुराणमा “कुशा धर्मस्य मूर्तिः स्यात्” कुश धर्मको मूर्तरूप हो भनिएको छ । मनुस्मृतिमा उल्लेख छ, “कुश, तिल र जल बिना पितृ तर्पण सफल हुँदैन।” यसरी, कुशे औँशी पितृ स्मरणको दिन मात्र नभई धर्म र ऋषि परम्पराको निरन्तरता हो ।
कुशे औँशीलाई “बुबाको मुख हेर्ने दिन” पनि भनिन्छ । यसले हामीलाई बुबा र पूर्वजप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर दिन्छ । परिवारमा पूर्वज स्मरण, परिवार एकता र पुस्तागत बन्धनलाई मजबुत पार्ने माध्यम हो । विशेषगरी सन्तानले आफ्ना आमाबुबालाई आदरसम्मान गर्ने दिनका रूपमा यसलाई सामाजिक नैतिकताको प्रतीक मानिन्छ । यस दिन पितृ तर्पण, श्राद्ध र सामूहिक भोजको परम्परा छ, जसले सम्मान र सद्भावलाई बल पुर्याउँछ ।
यद्यपि शास्त्रमा प्रत्यक्ष (विज्ञान) शब्द छैन, तर ऋषिहरूले अनुभवका आधारमा भनेका कुरा आधुनिक विज्ञानसँग मेल खान्छ, जस्तै विद्युत चुंबकीय लहर नियन्त्रण-प्रयोगशालामा गरिएको परीक्षणले देखाउँछ कि कुशको तन्तुले इलेक्ट्रोम्याग्नेटिक तरङ्ग शोषण गर्ने क्षमता राख्छ । कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचाप जस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको पनि तर्क छ ।
ज्योतिषीय दृष्टिले आजकै दिन सूर्य र चन्द्रमा सिंह राशिमा हुन्छन् । आजकै दिन शनिवार पनि परेको हुनाले (शनि आमावाश्य)को संयोग हुन पुगेको छ, जुन शनि ग्रह शान्तिको लागि सर्वोत्कृष्ट दिन हो साथै राहु ग्रहको नकारात्मक उर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठुलो मद्दत गर्दछ, राहु ग्रह लागेका या राहु हावी भएका व्यक्तिहरूको लागिपनि कुश ज्यादै उपयोगी छ ।
कुशे औँशी केवल धार्मिक औँशी मात्र होइन, यो परम्परा र पहिचानलाई जोड्ने सांस्कृतिक कडी हो । आगामी दिनहरूमा हामीले कुशलाई घरमा राखे मात्र होइन कुशको महत्त्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसबारे सोध, संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्छ । पितृ स्मरण मार्फत कृतज्ञताको संस्कार, कुशको प्रयोग मार्फत स्वास्थ्य र वातावरणीय सन्देश, र परिवार एकतामार्फत सामाजिक मूल्य पुनर्जीवित गर्ने यस पर्वको आवश्यकता आज पनि उत्तिकै छ । यसैले, परम्परा र पहिचानस् कुशे औँशी अपरिहार्यू भन्ने निष्कर्षमा पुग्न सकिन्छ । अस्तु ॥
प्रतिक्रिया 4