
News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभामा आज राति ११ बजेर १५ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रविन्दु मगहाङ रहेको जनाएको छ।
- जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गर्न प्रहरी युनिटलाई निर्देशन दिएको छ।
६ भदौ, काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । आज राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।
भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गरेर पठाउन प्रहरी युनिटलाई भनिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4