
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले २९ साउनदेखि ४ भदौसम्म उपत्यकाबाहिरका ६० हलमा बक्सअफिस प्रणालीको छड्के अनुगमन गरेको छ।
- अनुगमनमा अधिकांश हलले बक्सअफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेका थिए भने २ सिंगल थिएटरमा म्यानुअल टिकट बिक्री फेला परेको छ।
- म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार दण्ड-जरिवाना गरिने बोर्डले जनाएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले उपत्यकाबाहिरका हलमा बक्सअफिस प्रणालीको छड्के अनुगमन गरेको छ ।
२९ साउनदेखि ४ भदौसम्म बोर्डको २२ सदस्यीय टोलीले उपत्यकाबाहिरका ६० हलको निरिक्षण गरेको हो ।
बोर्ड सदस्य गणेश सुवेदीसहितको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लाका हल निरिक्षण गरेको बोर्डले जनाएको छ ।
अनुगमन क्रममा अधिकांश हलले बक्सअफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेका थिए भने २ सिंगल थिएटरमा भने ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको हो ।
बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार दण्ड-जरिवाना गरिने बोर्डले जनाएको छ ।
यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए भने ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो ।
बोर्डका अनुसार नियमित अनुगमनले चलचित्र घर नियमनमा रहने, शुल्क समयमै बुझाउने र बक्सअफिस प्रणालीको कार्यान्वयन प्रभावकारी हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4