
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’को टाइटल राखिएको छ र रिजोलुसन पार्टमार्फत यसको घोषणा गरिएको छ।
- ‘माग्ने राजा’को कथावस्तु ऋणले थिचिएको पात्रमार्फत सामाजिक र राजनीतिक टिप्पणी गर्दै नयाँ र स्वतन्त्र दलको पक्षमा छ।
- निर्देशक ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको छ।
काठमाडौं । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् ।
‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा केदार घिमिरे र वर्षा सिवाकोटीलाई विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ ।
तेस्रो श्रृंखलामा पनि फिल्मको कथावस्तु यही लिगेसीमा अघि बढ्ने देखिन्छ । ‘माग्ने राजा’ ऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो ।
घरेलु राजनीतिमा नयाँ र स्वतन्त्र दल र उम्मेदवारको पक्षमा टिप्पणी गर्दै फिल्मले पात्रमार्फत दलीय बेथितीविरुद्ध आक्रोश पोख्छ । ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4