
News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स २’ र ‘मेरो डान्स युनिभर्स २’को उपाधि क्रमशः प्रथम गुरुङ र रिस्ता गुरुङले जितेका छन्।
- फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन केन्द्रमा आयोजना गरिएको थियो जहाँ विजेताले १ करोड रुपैयाँ नगद, ट्रफी र उपहार प्राप्त गरे।
- ‘मेरो भ्वाइस युनिभर्स २’मा हङकङका टोपराज तामाङ फस्ट रनर्सअप र कतारकी जुनु प्रसाईँ सेकेन्ड रनर्सअप बनेका छन्।
काठमाडौं । टिभी रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो सिजनको उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङले जितेका छन् ।
शनिबार आयोजित फिनालेमा ‘मेरो भ्वाइस युनिभर्स २’को उपाधि प्रथम र ‘मेरो डान्स युनिभर्स २’को उपाधि रिस्ताले जितिन् ।
उनीहरुले जनही १ करोड रुपैयाँ नगदसहित, ट्रफी र उपहार प्राप्त गरे । फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन केन्द्रमा आयोजना गरिएको थियो ।
मेरो भ्वाइस युनिभर्समा हङकङबाट प्रतिनिधित्व गरेका टोपराज तामाङले फस्ट रनर्सअप बन्दै २५ लाख नगद जिते । कतारबाट आएकी जुनु प्रसाईँले सेकेन्ड रनर्सअप जित्दै १० लाख रुपैयाँ नगद जितिन् ।
झापाका प्रशान्त पोखरेल फोर्थ रनरअप बन्दै ५ लाख नगद जिते । दीपराज राईले फिप्थ रनर्सअप बन्दै ४ लाख नगद जिते ।
मेरो डान्स युनिभर्सतर्फ सिक्किमकी अमृता राईले फस्ट रनर्सअप बन्दै २५ लाख नगद प्राप्त गरिन् । सितुन महर्जनले सेकेन्ड रनर्सअप उपाधि चुम्दै १० लाख नगद जितिन् ।
सुरज सिंजाली मगरले थर्ड रनर्सअपको उपाधि जित्दै ६ लाख नगद प्राप्त गरे । सुसाना कोइरालाले फोर्थ रनरअप बन्दै ५ लाख नगद प्राप्त गरे ।
साजन पाख्रिन तामाङ फिप्थ रनर्सअप ४ लाख नगदसहित १० लाख रुपैयाँ प्राप्त गरिन् ।
प्रतिक्रिया 4