+
+
Shares

चितवनबासीलाई सोबिताको आग्रह- अभिभावकविहीन बनेको नसोच्नुस्, रविको भिजन पूरा गर्नुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:४३

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले चितवनबासीलाई अभिभावकविहीन भएको महसुस नगर्न आग्रह गरेकी छिन् ।

पार्टीको चितवन कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले यसपटक राज्यले प्रतिशोध साँधेर चितवनलाई अभिभावकविहीन बनाएको आरोप लगाउँदै अब चितवनले हरेक जिल्ला नेतृत्व गर्नेगरी सोच्नुपर्ने बताइन् ।

‘हामी सांसदविहीन भयौं । अभिभावविहीन भयौं । हाम्रो दिदीबहिनीले अभिभावकविहीन भयौं भनेपछि म यहाँ आएको हुँ,’ सांसद गौतमले भनिन्, ‘उहाँ हाम्रो मनमै हुनुहुन्छ । हामी अभिभावकविहीन भएका छैनौं । राज्यले साँधेको प्रतिशोधको सिकार भएका हौं । अभिभावकविहीन भएका होइनौं ।’

उनले सभापति लामिछानेले रोपेर गएको विचार सबैको मनमा गडेका कारणले उनको भिजन पूरा गर्न लाग्नुपर्ने बताइन् ।

‘तपाईंहरू हरेकको मनमा रवि लामिछाने जन्मिएको छ । उहाँले देख्नुभएको भिजनलाई पूरा गर्नुपर्नेछ । हामी अभिभावकविहीन छैनौं,’ उनले भनिन् ।

आफ्नो पार्टी रास्वपा पछिल्लो समय संघर्षबाट गुज्रिरहेको भन्दै राज्यले प्रतिशोध साँधेर चितवनलाई अभिभावकविहीन बनाएको बताइन् ।

‘रास्वपा पछिल्लो समय संघर्षबाट गुज्रिरहेको छ । तपाईंहरूको आवाज संसद्मा हुनुहुन्न । यस अर्थमा अभिभावकविहीन हुनुहुन्छ । यो साँचो हो,’ उनले भनिन्, ‘तर, यसपटक राज्यले प्रतिशोधन साँधेर अभिभावकविहीन बनाएको छ । आँउदो चुनावमा तपाईंहरू सबै रवि लामिछाने बनेर हरेर जिल्लामा अघि बढ्नुपर्ने परिस्थिति आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?