
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ कर्जा लगानी ८.४ प्रतिशतले बढेको छ।
- नेपाल राष्ट्र बैंकले गत आव निजी क्षेत्रको कर्जा वृद्धिदर १२.५ प्रतिशत हुने अनुमान गरेको थियो।
- गत आव बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोडले बढेको छ।
८ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिदर २.६ प्रतिशतले मात्रै बढेको छ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा लगानी ८.४ प्रतिशतले बढेको हो ।
गत आव नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रको कर्जा लगानी १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रमा देखिएको सुस्तता तथा समग्र बजार मागमा आएको कमीका कारण निजी क्षेत्रतर्फका कर्जा वृद्धिदर ८.४ प्रतिशतमा सीमित भएको हो ।
अघिल्लो आव केन्द्रीय बैंकले निजी क्षेत्रतर्फको कर्जा वृद्धि १३ प्रतिशत अनुमान गरेको थियो । तर, उक्त अवधिमा निजी क्षेत्र तर्फ प्रवाह भएको बैंक तथा वित्तीय संस्थाको कर्जा ५.८ प्रतिशतले बढेको थियो ।
त्यसैगरी गत आव बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोडले बढेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत अर्थात् ७ खर्ब ४२ अर्ब ३७ करोडले बढेको थियो ।
गत आव बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोडले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत अर्थात् २ खर्ब ७६ अर्ब ९४ करोडले बढेको थियो ।
गत आव बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो अंश क्रमश: ६३.३ प्रतिशत र ३६.७ प्रतिशत थियो । गत आव निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशत, विकास बैंकहरूको ६.१ प्रतिशत र वित्त कम्पनीहरूको ८.४ प्रतिशत बढेको छ ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गा धितो र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति धितोमा प्रवाह भएको छ ।
२०८१ असार मसान्तमा यो अनुपात क्रमश: ६६.५ प्रतिशत र १३.२ प्रतिशत थियो । २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ं.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।
गत आव बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशत, रियल स्टेट कर्जा ५.९, मार्जिन प्रकृति कर्जा ५६.२, ट्रस्ट रिसिट कर्जा ५१.१, हायर पर्चेज कर्जा ३.७ र डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4