+
+
Shares

भियतनामका उपराष्ट्रपति र चेम्बर पदाधिकारीबीच छलफल

भेटमा नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य नयाँ उचाइमा पुर्‍याउनेबारे छलफल भएको चेम्बरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआन र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यापार, लगानी र निजी क्षेत्रको सहकार्यबारे छलफल भएको छ।
  • भियतनामसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने सम्भावना छलफलमा आएको छ।
  • उपराष्ट्रपति जुआनले भियतनाम भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा सहकार्य गर्न सुझाव दिँदै दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताए।

८ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआन र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य नयाँ उचाइमा पुर्‍याउनेबारे छलफल भएको चेम्बरले जनाएको छ ।

भियतनामका अनररी कन्सुल एवं चेम्बर पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ सहित पदाधिकारी सहभागी रहे ।

बैठकमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भएको छ ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने महत्त्वपूर्ण सम्भावनाका रूपमा हेरेको जनाएको छ ।

उपराष्ट्रपति जुआनले चेम्बर र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाह सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

उपराष्ट्रपति आन्ह जुआनले नेपाल र भियतनामबीच आर्थिक सम्बन्ध अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिइन् ।

उनले चेम्बर प्रतिनिधि समक्ष भियतनाम भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा भियतनाम चेम्बरसँग सहकार्य गर्न सुझाव दिइन् ।

चेम्बरले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ । चेम्बरले भियतनामसँगको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?