+
+
Shares

भन्सार दर अधिकतम २५ प्रतिशत कायम गर्न चेम्बरको माग

अध्यक्ष अग्रवालले लगानीकर्ताको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षा प्रत्याभूति गरिनुुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले लगानीमैत्री वातावरण बनाउन सुरक्षा प्रत्याभूति र करसम्बन्धी सुधारको माग गरेको छ।
  • अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए।
  • चेम्बरले भारतमा जीएसटी कटौतीको प्रभावलाई ध्यानमा राख्दै नेपालमा भन्सार दर अधिकतम २५ प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ।

३० कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उकास्दै लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा समसामयिक अर्थतन्त्रबारे बृहत छलफल गर्दै चेम्बरले यस्तो माग गरेको हो । जेनजी आन्दोलनपछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनाजस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका  विभिन्न संगठनका प्रतिनिधि सहित छलफल भएको हो ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानी वातावरण र सुुरक्षा, करसम्बन्धी व्यवस्था, पूँजीगत खर्च सुधार, घरजग्गा कारोबार र सहकारी लगायत विषय समावेश गरेर विभिन्न सुुझाव प्रस्तुत गरे ।

अध्यक्ष अग्रवालले लगानीकर्ताको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षा प्रत्याभूति गरिनुुपर्ने बताए ।

‘जसरी विदेशी लगानीकर्ताहरू सुुरक्षाको प्रत्याभूूतिका लागि दुुईपक्षीय लगानी प्रवर्द्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन् भने स्वदेशी लगानीकर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्ब लगानी प्रवर्द्धन एवं सुरक्षा नीति ल्याउनुुपर्छ,’ उनीहरूले भने ।

भारतमा जीएसटीका दरमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सार दर समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए । भन्सार दर अधिकतम २५ प्रतिशत कायम गरिनुुपर्ने चेम्बरको माग छ ।

अध्यक्ष अग्रवालले भारतमा जीएसटी दरमा भएको व्यापक कटौतीले नेपालमा मूूल्य अभिवृद्धिको दरलाई २ दर वा बहुुदरमा कायम गर्न अनुुरोध गरे । अतिआवश्यक एवं विलासिताका वस्तुमा एकदर कायम रहनुु सामाजिक न्यायका दृष्टिकोणले पनि उपयुुक्त नहुुने उनको भनाइ छ ।

नकारात्मक सूचीबाहेक नेपालमा उत्पादन हुने सवै वस्तुमा अन्त:शुुल्क हटाउनुुपर्ने उनले बताए । अर्थतन्त्रको ३ खम्बामध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुुँदा साना उद्यमी–व्यवसायी र सर्वसाधारण आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त बनेकाले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना प्रक्रिया अविलम्ब अगाडि बढाउनुुपर्नेमा  अग्रवालले जोड दिए ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए ।

लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणाली सहजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गरे । आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिन सदुुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुुपर्ने बताए । उनले रेमिट्यान्स सदुुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सबल बनाउनुुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले कर राजस्वका नाममा व्यवसायीले अनावश्यक दुु:ख पाइरहेको र पलायन हुने अवस्था आउन लागेको बताए । डुइङ बिजनेस कस्ट र लजिस्टिक कस्ट उच्च हुुँदा समस्या भइरहेको उनको छ ।

यस्तै पूर्वअध्यक्ष सुरेश बस्नेतले अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको उचित सदुुपयोग गर्नुुपर्नेमा जोड दिए । चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाले लिने बेस रेटमा कम्तीमा शून्य दशमलव ५ प्रतिशत मात्रै प्रिमियम हुुनुुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?