
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् र उनले सोल्टी होटलमा बस्दै इन्स्टाग्राम स्टोरीबाट नेपाल आगमनको जानकारी दिएकी छन्।
- समिता सेट्ठी गतसाता नेटफ्लिक्समा स्ट्रिमिङ भएको ‘द ग्रेट इन्डियन कपिल शो’मा दिदीसँगै देखिएकी थिइन्।
- उनले आदित्या चोपडा निर्देशित फिल्म ‘मोहब्बतेँ’बाट अभिनय करिअर सुरु गरी आइफा अवार्ड जितेकी छन् र बिगबोस, झलक दिखालाजा लगायतका रियालिटी शोमा पनि देखिएकी छन्।
काठमाडौं । बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् ।
सोल्टी होटलमा बसेकी उनले इन्स्टाग्राम स्टोरीबाट समेत आफ्नो नेपाल आगमनको जानकारी दिएकी छन् ।
चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठीकी बहिनी समिता गतसाता नेटफ्ल्क्सिमा स्ट्रिमिङ भएको ‘द ग्रेट इन्डियन कपिल शो’मा दिदीसँगै देखिएकी थिइन् ।
आदित्य चोपडा निर्देशित चर्चित बलिउड फिल्म ‘मोहब्बतेँ’बाट अभिनय करिअर थालेकी उनले सोही फिल्मबाट आइफा अवार्ड जितिन् । बेफवा, जहर र क्याँस उनका हिट फिल्म हुन् ।
फिल्मबाहेक उनी बिगबोसको सन् २००९ र सन् २०२१ को सिजनसहित झलक दिखालाजा र खतरोंके खिलाडीजस्ता चर्चित भारतीय रियालिटी शोमा पनि देखिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4