
काठमाडौं । नेपालकै पहिलो सुपर फास्ट डेलिभरी प्लेटफर्म फास्टो नेपाल प्रालिले आफ्नो सेवा सुरु गरेको २४ घण्टाभित्र १० हजारभन्दा बढी ग्राहक आकर्षित गर्न सफल भएको छ ।
पहिलो दिनमै एप डाउनलोड गर्ने र अर्डर गर्ने ग्राहकहरूमा यस्तो उत्साह देखिएको फास्टोले जनाएको छ ।
यसले नेपालमा सरल र छिटो डेलिभरी मोडल प्रति उपभोक्ताको चाहाना र चासो रहेको बुझाइ फास्टोको छ ।
फास्टोले हालसालै राजधानीमा आफ्नो सुपर स्पिड डेलिभरी सेवा सुरु गरेको हो । जसअन्तर्गत उपभोक्ताले फास्टो एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी आवश्यक सामान अर्डर गर्न सक्छन् । अर्डर गरिएका सामानहरू औसतमा १० मिनेटभित्रै उपभोक्ताले प्राप्त गर्छन् ।
कम्पनीका संस्थापक सुशान्त घिमिरेले नेपालमा छिटो भरपर्दो र आधुनिक डेलिभरी प्रणालीको अभाव देखेर फास्टो सुरु गरेको बताए ।
उनले भने, ‘फास्टोले सेवा सुरु गरेको पहिलो २४ घण्टामै १० हजार बढीले एप डाउनलोड गरी प्रयोग गरेका छन् । एक हजार बढी अर्डर आएको छ । धेरै उपभोक्ताले पहिलो पटक यस्तो सुविधा पाउँदा रमाइलो लागेको अनुभव सेयर गरिरहेका छन् ।’
फास्टोले २५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका २ हजार बढी सामानहरू उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ । यसमा दैनिक उपभोग्य सामग्री, ग्रोसरी, ब्युटी प्रोडक्ट, बेभरेज र अन्य विभिन्न आवश्यक सामाग्रीहरु समावेश छन ।
प्रतिक्रिया 4