+
+
Shares

भियतनामकी उपराष्ट्रपतिले गरिन् पाटन दरबार क्षेत्र अवलोकन (तस्वीरहरू)

तीनदिने औपचारिक भ्रमणका लागि गत शनिबार काठमाडौं आएकी उनले सोमबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ९ गते १७:१८

९ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेकी छिन् ।

तीनदिने औपचारिक भ्रमणका लागि गत शनिबार काठमाडौं आएकी उनले सोमबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले दरबार क्षेत्र अवलोकन गराएका थिए । सो क्रममा विभिन्न अधिकारीहरूसँग सुआनले फोटोसुट पनि गरिन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । उपराष्ट्रपति सुआन आजै स्वदेश फर्कंदैछिन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?