+
+
Shares

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते ६:४२
Photo Credit : RSS
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरागरी सोमबार मध्यरात स्वदेश फिर्ता हुने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । फोटो : रासस

१० भदौ, काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनी सोमबार मध्यरात स्वदेश फर्किएकी हुन् ।

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी पनि उपस्थित थिए ।

उपराष्ट्रपति सुआनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार नै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यसपछि उनले पाटन दरबार स्क्वायरको निरीक्षण गरेकी थिइन् ।

नेपाल बसाइँको क्रममा उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उनले भेटवार्ता गरेकी थिइन् ।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसर पारेर भियतनामकी उपराष्ट्रपतिले गरेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?