+
+
Shares

५० दिन हिरासत बस्दा रवीन्द्र मिश्रले लेखे ३५ कविता, २८ गते सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हिरासतमा लेखेका ३५ कविताहरूको संग्रह \'माथिको आदेश छ\' भदौ २८ गते सार्वजनिक गर्ने भएका छन्।
  • मिश्रले ५० दिन हिरासतमा बसेर लेखेका कविताहरूलाई \'हिरासतको \'म\'का आवाज, आवेग र आर्तनाद\' भनेका छन्।
  • उनको यो दोस्रो कविता संग्रह हो।

९ भदौ, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वपत्रकार रवीन्द्र मिश्रले हिरासत बसेका बेला लेखेका कविताहरूको संग्रह भदौ २८ गते सार्वजनिक गर्ने भएका छन् ।

गत चैत १५ गतेको राजावादी आन्दोलनपछि पक्राउ परेका मिश्रले ५० दिन हिरासत बस्दा लेखेका कविताहरू संग्रहित गरी ‘माथिको आदेश छ’ नामक पुस्तक सार्वजनिक गर्न लागेका हुन् ।

मिश्रले आफ्नो कविता संग्रह हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान भएको बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन् ।

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर, त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइँमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन् ।

छोटो अवधिमा आफूले धेरै कविता नलेखेको भन्दै मिश्रले हिरासतमा एकै दिन दुई वटा सम्म कविता लेखेको बताए ।

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो । मिश्रको कविता संग्रह फाइन प्रिन्टले प्रकाशन गरेको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?