+

अष्ट्रेलिया पलायन भएकी कविता भट्ट भन्छिन्–रहर होइन बाध्यता हो

२०८२ भदौ  १० गते ८:०१ २०८२ भदौ १० गते ८:०१
अष्ट्रेलिया पलायन भएकी कविता भट्ट भन्छिन्–रहर होइन बाध्यता हो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टले बाध्यताका कारण साउनमा एपीएफबाट राजीनामा गरेर अष्ट्रेलिया पलायन गरेको बताएकी छिन्।
  • भट्टले राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने सपना अधुरो रहँदा पनि एपीएफ क्लबले ठूलो सहयोग गरेको स्मरण गरिन्।
  • नेपालबाट राष्ट्रिय स्तरका खेलाडीहरू पलायन हुने क्रम बढेको छ, जसमा भलिबलकी सरस्वती चौधरी पनि अष्ट्रेलिया पुगेकी छन्।

१० भदौ, काठमाडौं । अष्ट्रेलिया पलायन भएकी राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टले रहर नभई आफ्नो बाध्यता भएको बताएकी छिन् ।

एपीएफबाट व्यवसायिक भलिबल खेल्ने मिडल ब्लकर भट्ट गत साउनमा नै अष्ट्रेलिया पुगेकी थिइन् । उनले एपीएफबाट राजीनामा गरेर अष्ट्रेलिया पुगेकी हुन् ।

उनले न्यू साउथ वेल्स (एनएसडब्लु)को सिड्नीबाट लेखेकी छन्, ‘आफ्नो घर परिवार, आमाबुवा छोडेर बिदेशिने रहर हैन, बाध्यता हो । मेरो राष्ट्रिय भलिबल टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले सपना अधुरो रह्यो ।’

उनले आफूलाई राष्ट्रिय टिमको सदस्यको स्तरसम्म पुर्‍याउन सशस्त्र प्रहरीको एपीएफ क्लबले ठूलो सहयोग गरेको स्मरण गर्दै उनले लेखेकी छन्, ‘मलाई एपीएफ हुन पाएकोमा गर्व लाग्छ । मैले लामो समय एपीएफ भलिबल टिमबाट खेलेँ । त्यहीँबाट राष्ट्रिय भलिबल टिमसम्म खेल्ने अवसर प्राप्त भयो ।’

उनले आफ्नो संघर्षको दिनहरुमा साथ, सहयोग, हौसला र भलिबलप्रति लागिरहन प्रेरित गर्नेहरु सबैप्रति ऋणी रहने उल्लेख गरेकी छन् । ‘आज कविता भट्ट भनि मलाई चिनाउने मेरो एपीएफ क्लबलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनेकी छन्, ‘म जहाँ गए पनि भलिबललाई निरन्तरता दिई रहनेछु । जय भलिबल, जय नेपाल ।’

नेपालबाट राष्ट्रिय स्तरका खेलाडीहरु पलायन हुने क्रम बढेको छ । यसअघि भलिबलकै चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलाइन भइसकेकी छन् ।

कविता भट्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय