+
+
Shares

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै दुई जनालाई रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजारका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौंका ५० वर्षीय योगेन्द्र घले रहेका छन्।
  • सुसनले १२ लाख र योगेन्द्रले ६ लाख रूपैयाँ लिई ठगी गरेको उजुरीपछि उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको छ।

१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका–१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।

पक्राउ पर्नेमध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?