News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग भदौ १२ देखि १५ गतेसम्म सातदोबाटोस्थित केन्द्रीय हलमा आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा ५४५ महिला र ९५० पुरुष गरी कुल १,४९५ खेलाडीको सहभागिता रहने संघले जनाएको छ।
- ग्यरोगी र पुम्से गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ र ४० निर्णायक परिचालन गरिनेछ।
१० भदौ, काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग (ग्यरोगी एण्ड पुम्से) यही भदौ १२ देखि १५ गतेसम्म सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना गर्ने भएको छ।
संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यसपटक ५४५ महिला र ९५० पुरुष गरी कुल १,४९५ खेलाडीको सहभागिता रहने जनाएको छ।
प्रतियोगितामा ग्यरोगी र पुम्से गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
चार दिनसम्म चल्ने प्रतियोगितामा ४० निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ।
नेपाल तेक्वान्दो संघले विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र लिगले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिलाउने उद्देश्य राखेको बताइएको छ।
प्रतिक्रिया 4