News Summary
Generated by OK AI. Editorially reviewed.- पाेखरा निन्जाजले अमेरिकाकी २५ वर्षीया अपाेजिट हिटर एडेओला ओवोकोनिरानलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि अनुबन्धन गरेको छ।
- एडेओला ओवोकोनिरानले अमेरिकाको यू-२१ राष्ट्रिय टोलीबाट खेलेकी र विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा सहभागिता जनाएकी छन्।
- वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।
१० भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले अमेरिकाकी २५ वर्षीया अपाेजिट हिटरलाई अनुबन्धन गरेको छ।
पाेखराले एडेओला ओवोकोनिरानलाई दाेस्राे विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो। उनी नेपाल पनि आइसकेकी छन् ।
उनले अमेरिकाको यू-२१ राष्ट्रिय टोलीबाट खेलेकी थिइन्। साथै संयुक्त राज्य अमेरिका मा एनसिसिए टूर्नामेंट, एनसिसिए-एसिसि टुर्नामेन्ट, फिनल्याण्ड लिग कप,प्यूर्टोरिकन लिग र कप,स्पेनिस सुपरलिगा, स्पेनिस कप, रोमानियाली लिग,रोमानियाली सुपरकप र सिइभी कप खेलिसकेकी छन्।
उनलाई पाेखरा निन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमामा टोली विश्वसत रहेकाे निन्जाजले जनाएको छ।
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एडेओला ओवोकोनिरानले आफु निकै हर्षित भएको बताएकी छन्। पाेखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनकाे लक्ष्य रहेको छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।
प्रतिक्रिया 4