+

त्रिविमा पहिलो पटक एन्टी–डोपिङबारे सचेतना

२०८२ भदौ  १० गते १७:०५ २०८२ भदौ १० गते १७:०५
त्रिविमा पहिलो पटक एन्टी–डोपिङबारे सचेतना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको खेल व्यवस्थापन विभागमा पहिलो पटक मास्टर्स तहको एन्टी–डोपिङ सचेतना कार्यक्रम आयोजना भएको छ।
  • नाडा नेपालका संस्थापक प्रमुख डा. अशिम भण्डारीले नेपालमा डोपिङ समस्या गम्भीर बन्दै गएको बताए।
  • डा. भण्डारीले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अनुमति नपाउन र राष्ट्रिय झण्डा नफहराउन पर्न सक्ने चेतावनी दिनुभयो।

१० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको खेल व्यवस्थापन विभागमा पहिलो पटक मास्टर्स तहको एन्टी–डोपिङ सचेतना कार्यक्रम आयोजना भएको छ । उक्त सेसनमा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (नाडा नेपाल) का संस्थापक प्रमुख डा. अशिम भण्डारीले नेपालमा डोपिङ समस्या गम्भीर बन्दै गएको बताए।

वर्ल्ड एन्टी–डोपिङ एजेन्सी (वाडा) ले हालै श्रीलङ्कालाई गैर–अनुपालनको सूचीमा राखेपछि नेपाललाई पनि सचेत हुनुपर्ने चेतावनी विशेषज्ञहरूले दिइरहेका छन्।

डा.भण्डारीले नेपालमा एथलेटिक्सदेखि वेटलिफ्टिङसम्मका खेलाडी डोपिङमा मुछिएका छन् र ११ प्रकारका एन्टी–डोपिङ नियम उल्लङ्घनमध्ये धेरै जोखिम देखिन थालेको बताए ।

गैर–अनुपालनमा पर्न सक्ने सम्भावित परिणाममा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अनुमति नपाउनु, अनुदान गुमाउनु र गम्भीर अवस्थामा अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय झण्डा समेत नफहराउन पाउनु पर्ने अवस्था आउन सक्ने उनले बताए।

‘सफा खेलकुद अब विकल्प होइन, अनिवार्यता हो’ भण्डारीले भने, ‘शिक्षा र सचेतना नै दीर्घकालीन समाधान हो, ढिलाइ गरे नेपाल पनि श्रीलंकाजस्तै अपमानजनक स्थितिमा पर्न सक्छ।’

एन्टी–डोपिङ सचेतना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय