
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारमा ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ।
- ठूला १० ब्रोकरमार्फत कुल १ अर्ब ४९ करोडको खरिद र १ अर्ब ५८ करोडको बिक्री भएको छ।
- नेप्से सूचकांक ४.८३ अंकले वृद्धि भएको छ।
१० भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा ४ अर्ब १८ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३६ प्रतिशत हो ।
आज ठूला १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । धेरै कारोबार गरेका १० ठूला ब्रोकरमार्फत कुल १ अर्ब ४९ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ५८ करोड रुपैयाँको बिक्री भएको छ ।
ठूला ब्रोकरमध्ये ६ मार्फत खरिद बढी भएको छ भने ४ मार्फत बिक्री बढी भएको छ । सनी, डायनामिक, भृकुटी, अग्रवाल, आर्यतारा र अनलाइनमार्फत खरिद बढी भएको छ।
नासा, इम्पेरियल, भिजन र नेपाल स्टकमार्फत खरिदभन्दा बिक्री बढी भएको छ ।
ठूला ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, बुटवल पावर, कालिका पावर, एभरेस्ट बैंक लगायत कम्पनी छन् । यस दिन नेप्से ४.८३ अंक बढेको हो । (ब्रोकरको विस्तृत कारोबार)
प्रतिक्रिया 4