+
+
Shares

ठूला १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजारमा कुल ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ।
  • ठूला १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी भएको छ र तिनीहरूको हिस्सा ३६.८ प्रतिशत छ।
  • नेप्से परिसूचक सोमबार २१.३० अंकले बढेको छ।

९ भदौ, काठमाडौं । सोमबार सेयर बजारमा कुल ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३६.८ प्रतिशत रह्यो ।

आज ठूला १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी भएको छ । यी कम्पनीमार्फत १ अर्ब ९५ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा २ अर्ब २८ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।

५ ब्रोकरमार्फत बिक्री बढी हुँदा अरु ५ मार्फत खरिद बढी भएको छ । नासा, सनी, दिपशिखा, अनलाइन र भृकुटीमार्फत बिक्री बढी भएको छ भने इम्पेरियल, त्रिशक्ति, भिजन, डायनामिक र श्रीहरिमार्फत खरिद बढी भएको छ ।

यी ठूला ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन ढिस्टिलरी, छिमेक लघुवित्त, राधि विद्युत्, साना किसान लघुवित्त, चन्द्रागिरि हिल्स लगायत कम्पनी छन् । आज नेप्से परिसूचक २१.३० अंक बढेको हो । (ब्रोकरको विस्तृत कारोबार यहाँ क्लिक गरी हेर्न सकिनेछ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?