+
+
Shares

साढे ९१ लाख रकमसहित पक्राउ परेका स्याङ्तानविरुद्ध ६ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १९:००

९ भदौ, काठमाडौं । ललितपुरबाट साढे ९१ लाख रकमसहित पक्राउ परेका सिन्धुलीका गौरव स्याङ्तानलाई ६ दिन म्याद थप गरिएको छ ।

सोमबार साँझ पक्राउ परेका उनीविरुद्ध मंगलबार जिल्ला अदालत, ललितपुरले ६ दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीविरुद्ध अनलाइन सट्टेबाजी र लागूऔषधको कसुरमा म्याद थप गरिएको हो ।

उनीबाट करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।

साथै, डेढ किलो गाजा पनि बरामद भएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?